जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेप्से हालसम्मकै उच्च विन्दुमाः

नेप्से हालसम्मकै उच्च विन्दुमाः

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार नौ सय ६० दशमलब १४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।  यसअघि यो साताको पहिलो दिन आइतबार नेप्से दुई हजार नौ सय १९ दशमलब २३ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज शेयर बजार ५३.४४ अंकले बढेको छ भने १६ अर्ब ९५ करोड १३ लाख बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका समूहमध्ये तीन वटा समूह बाहेक अन्य समूह बढेका छन् भने अधिकांश फाइनान्स र विकास बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

३६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा हिमालयन जनरल इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, जानकी फाइनान्स, साग्रीला डेभलपमेन्ट बैंक, मुक्निाथ विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, मल्टीपर्पोज फाइनान्स, गुहेश्वरी मर्चेन्ट  बैंक एण्ड फाइनान्स, गुडवील फाइनान्स, महालक्ष्मी विकास बैंक, मञ्जुश्री फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स र बरुण हाइड्रोपावर रहेका छन् ।

त्यस्तै, रसुवागढी हाइड्रोपावर, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, आइसीइफसी फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, रिलायन्स फाइनान्स, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, छ्याङिद हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र नेपाल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा आज उच्च बृद्धि भएको छ ।

त्यस्तै, मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस सस्थाको शेयरमूल्य आज २.८५ प्रतिशतले घटेको छ ।  त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यसको एक अर्ब ६ करोड २३ लाख १२ हजारको कोरोबार भएको छ ।

7395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?