जोडिनुहोस
आइतवार, असार १२, २०७९
आइतवार, असार १२, २०७९

हालको खबर

  • होमपेज
  • बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसूर मुद्दामा एकजना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको लिसंखु गाउपालिका-५ लाटेबोटडाँडा घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्दै आएका ३३ वर्षीय बज्रसिंह लामालाई मंगलबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ८ दिन कैद सजाय र २५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

लामाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी एनएमबी बैंक लिमिटेड बौद्धको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

गोंगमा लुकिछपी बसिरहेको अवस्थामा लामालाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका