खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरूसँगको सहकार्यमा प्रयोगकर्ताहरूलाई अब खल्तीबाट निःशुल्क, झन्झट रहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ ।
फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेट बीच भएको सम्झौता पछि उक्त सेवा कार्यान्वयनमा आएको हो । बिना कुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलनको बिल तिर्न सकिने भएको छ । हाल खल्तीले यो सेवा उपत्यकाको चार क्षेत्रहरु एक्सन वेस्ट बानेश्वर, एक्टिभ नेपाल बौद्ध, सर्बकल्याण सेवा थानकोट र क्लिन नेपालमा मात्रै संचालनमा ल्याएको छ ।