जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • घुससहित अख्तियारको फन्दामा परेका दुई जनाविरुद्ध मुद्दा दायर

घुससहित अख्तियारको फन्दामा परेका दुई जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बाराको भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडित र भू–सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्ण र अर्का नायब सुब्बा रामकृष्ण पंडितविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नायब सुब्बा रामकृष्ण पंडित र भू–सेवा केन्द्र जलेश्वर महोत्तरीका लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको पाइएको छ । आयोगले नायब सुब्बा रामकृष्ण पंडित र लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई सेवाग्राहीबाट नौ हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा गत फागुन १८ गते नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा नायब सुब्बा रामकृष्ण पंडितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस/रिसवत माग गरी लिई लेखापढी व्यवसायी शुभाष चन्द्र लाल कर्णलाई राख्न दिएको पाइएको छ । जुन भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको छ । उनीहरुसंग सोहि रकम बराबरको बिगो माग गरिएको छ । उनीहरु दुई जना विरुद्ध आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

1225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका