जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • राष्ट्रसंघका महासचिव आइतबार नेपाल आउने, हिमाली जिल्लाका साथै लुम्बिनी र पोखरा जाने

राष्ट्रसंघका महासचिव आइतबार नेपाल आउने, हिमाली जिल्लाका साथै लुम्बिनी र पोखरा जाने

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस आइतबार नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ। आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले गुटेरसको चार दिने नेपाल भ्रमणबारे जानकारी दिएको हो।

कात्तिक १२ गतेदेखि कात्तिक १५ गतेसम्म गुटेरसको नेपाल भ्रमण कार्यातालिका सार्वजनिक गरिएको छ। सन् २०१७ मा राष्ट्रसंघको महासचिव बनेका गुटेरसपहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्। उनले कात्तिक १४ गते मंगलबार संसदको संयुक्त सदनलाई सम्बोधन गर्नेछन्।

गुटेरस नेपालको हिमाली जिल्लाको भ्रमणमा पनि जानेछन्। त्यहाँ उनले जलवायु परिवर्तनको असरबारे बुझ्नेछन्। त्यहाँ उनले जलवायु परिवर्तनले पारेको प्रभावबारे स्थानीयसँग कुरा गर्नेछन्। उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण पनि गर्नेछन्।

नेपाल बसाईका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेट वार्ता गर्नेछन्

895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका