

युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको ‘मिनी
विश्वकप’को रुपमा परिचित युरोकपको १६औं संस्करणको महादेशीय फुटबल
प्रतियोगिता शुक्रबार रातिबाट सुरु हुँदैछ।
प्रतियोगिता जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ। प्रतियोगिता ११ देशका ११
शहरमा आयोजना हुनेछ। शुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म
प्रतियोगिता आयोजना हुने तय भएपनि कोरोना महामारीको कारण एक वर्ष पछाडि
धकेलिएको थियो। एक वर्ष सारेर सन् २०२१ मा प्रतियोगिता आयोजना गर्न
लागिए पनि नाम युइएफए युरो २०२० नै राखिएको छ। त्यसैले पहिलो पटक युरोकप
विजोर वर्षमा हुन लागेको हो।
प्रतियोगितामा २४ देश सहभागी छन्। तियोगिताको उद्घाटन खेल जुन ११ मा
इटालीको रोममा हुँदैछ। उद्घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा
हुँदैछ। फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा जुलाई ११ मा हुनेछ।
कोरोना महामारीका कारण खेलमा सीमित दर्शकलाई मात्र प्रवेश दिइनेछ।
प्रत्येक देशमा समूह चरणका तीन खेल र अन्तिम १६ वा क्वार्टरफाइनलको एक
खेल हुनेछन्। ६ समूहका शीर्ष दुई टिम गरी १२ टिम अन्तिम १६ मा पुग्नेछन्।
समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट ४ टिम पनि अन्तिम १६ मा पुग्नेछन्।
समूह चरणका खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे, राति ९:४५ बजे र
मध्यरात १२:४५ बजे हुनेछन्। अन्तिम १६ र क्वार्टरफाइनल खेल राति ९:४५
बजे र मध्यरात १२:४५ बजे हुनेछन्। सेमिफाइनल र फाइनल खेल मध्यरात १२:४५
बजे हुनेछ।
यस्तो छ समूह विभाजन: