जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल लाइफको २२औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफको २२औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल भिष्वा विरगंजमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभा मार्फत कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक कार्य प्रगति विवरण पारित गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/ ७८ को नाफा नोक्सान, हिसाव, नगद प्रवाह,वित्तीय विवरण लगायतका विवरणमाथि छलफल गरी पारित गरेको छ ।

त्यसैगरी सभाले कम्पनीको लेखापरीक्षण समितिले गरेको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८ /७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारीश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीबाट आफ्ना शेयरधनीलाई १५ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्तावलाई अनुमोदन गरेको छ ।

त्यस्तै, सभामा संचालक समितिले गरेको स्वतन्त्र संचालकको नियुक्तिलाई अनुमोदन गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरेको थियो । त्यसकारण कात्तिक १७ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउन योग्य भएका छन् ।

1330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका