जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • इसेवा मनी ट्रान्सफरसंग कलाकार राई ब्राण्ड हिरोकोरुपमा आबद्ध

इसेवा मनी ट्रान्सफरसंग कलाकार राई ब्राण्ड हिरोकोरुपमा आबद्ध

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नेपाली सिने जगतका सुपरस्टार दयाहाङ्ग राइलाई ब्राण्ड हिरोको रुपमा आवद्ध गरेको छ । यसअघि नै नेपाली सिने जगतका महानायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा इसेवा मनी ट्रान्सफरसंग आवद्ध रहेका छन् ।

राइ इसेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरु संग मिलेर सम्पन्न हुने विभिन्न “मेरो डिजिटल देश“ अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ । यस अवसरमा कलाकार राइले भने, ‘इसेवा मनी ट्रान्सफर जस्तो छोटो समयमा नै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसंग आवद्ध हुन पाउँदा म एकदमै खुशी र साथमा उत्साहित पनि छु । विदेश  गएर काम गर्दै आएका दाजुभाई–दिदीबहिनीसंग भेट्न पनि म आतुर छु ।’

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले दयाहाङ्ग राइको नेपालमा मात्र नभएर युएई र सारा संसार भरि नै फ्यान पÞmलोइङ्ग एकदमै राम्रो रहेको बताए । उनले भने, ‘यो त उहाँको कामको प्रभावले नै हो र उहाँ जस्तो लोकप्रिय व्यक्तित्वलाई कम्पनीको ब्राण्ड हिरो एम्बेसेडरको रुपमा आवद्ध गर्न पाउँदा सम्पूर्ण इसेवा मनी ट्रान्सफर टोली एकदमै हर्षित छ ।’

इसेवा मनी ट्रान्सफरले वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्दनका लागि यो अभियान सुरू गरेको थियो । हाल यस अभियानमा विदेशका नेपालीहरुको उत्साहजनक सहभागीता रहेको छ र यसै अनुरुप अभियान निरन्तर रुपमा संचालन हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ । यस अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ ।

यस अभियानको पहिलो चरणमा सहभागी भइ इसेवा मनि ट्रान्सफर मार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् । यस अभियानमा नपाली सिने जगतका महानायक राजेश हमाल पनि जोडिएका छन् ।

1150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका