जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकाका निषेधाज्ञा केही खुकुलो गर्ने तयारी

काठमाडौं उपत्यकाका निषेधाज्ञा केही खुकुलो गर्ने तयारी

काठमाडौँ उपत्यकाभित्र जारी निषेधाज्ञा थप गर्न आज तीन वटै जिल्लका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ।

जिल्ला प्रशासन कार्यालयमा दिउँसो बैठक बस्न लागेको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। यसअघि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनौपचारिक छलफलले निषेधाज्ञा थप गर्ने सहमति भइसकेको छन्। डीसीसीएमसीको बैठकले अझै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

आज बस्ने बैठकले एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेको छ। काठमाडौँ उपत्यकाभित्र संक्रमणदर घटे पनि संक्रमणको जोखिम उच्च नै रहेकाले थप एक साता निषेधाज्ञा गरेर हेर्ने सहमति भएको हो।

‘एक साता निषेधाज्ञा थप गर्ने कुरा भएको छ। अहिले पनि संक्रमण जोखिम भएकाले एक साता हेरेर त्यसपछि थप मोडालिटीमा जाने छौँ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले भने।

यस पटक थप गरिएको निषेधाज्ञा भने केही क्षेत्रमा खुकुलो हुनेछ। निर्माण सामाग्री, कृषिजन्य वस्तुका पसलहरूलाई समेत खोल्न दिने तयारी भइरहेको छ। त्यस्तै, खाद्यान्न, फलफूल, तरकारी मासुजन्य वस्तुका पसलहरूलाई समेत खोल्न समय थप गरिनेछ।

‘अहिले ९ बजेको समय बढाएर लैजाने विषयमा छलफल भएको छ। निर्माण सामाग्रीका पसललाई समेत खोल्ने तयारी छ,’ काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालय  लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय गर्ने तयारी भइसकेको छ। सार्वजनिक सवारी साधनको हकमा भने निषेध नै रहनेछ।

कोरोना संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रण लागि भन्दै स्थानीय प्रशासन कार्यालयहरूले काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो। अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी छ।

 

3310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका