जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड कम्पनी विश्लेषण

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड कम्पनी विश्लेषण

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार १ रुपैयाँले बढेको छ । शेयर मूल्य प्रतिकित्ता रु. ३६० कायम भएको छ । यो दिन कम्पनीको ७९ हजार १४२ कित्ता शेयर खरिद बिक्री भएको हो ।

चालू आवको तेस्रो त्रैमाससम्म रु. १ करोड ४ लाख ३९ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनी रु. ३८ लाख ४९ हजार नोक्सानीमा रहेको थियो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र सञ्चालन नाफामा सुधार आएकाले नाफा बढ्न टेवा पुगेको हो ।

कम्पनीको प्रतिशेयर नेटवर्थ रु. २ दशमलव ०८, मूल्य आम्दानी अनु्पात ९४ दशमलव ८० र प्रतिशेयर नेटवर्थ रु. १०७ दशमलव ५४ पुगेको छ । हालसम्ममा कम्पनीले १८ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । हेर्दा ह्याम्मरजस्तो देखिने यो मैनबत्तीले आगामी बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७८ दशमलव ६८ बिन्दुमा छ ।

7615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका