जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • ५१ कम्पनीको नाम सार्वजनिक प्रति सिबिफिनको आपत्ती

५१ कम्पनीको नाम सार्वजनिक प्रति सिबिफिनको आपत्ती

सेयर बजारमा चलखेल गरेको आरोपमा धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गरेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आपत्ती जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै परिसंघले नियामक निकायको काम बजारमा अवाञ्छित क्रियाकलाप हुन नदिनु र त्यसलाई नियमन तथा नियन्त्रण गर्नु बोर्डको कर्तव्य भएपनि कम्पनीको पहिचान र प्रतिष्ठामाथि नै आच पु¥याउने काम गर्नु नभएको भन्दै विरोध जनाएको हो ।

पछिल्लो पटक धितोपत्र बोर्ड मार्फत सार्वजनिक भएका ५१ कम्पनीहरुले अहिले सोही नियति व्यहोरिरहेको र सो प्रति परिसंघको गम्भिर ध्यानाकर्षण भएको सिबिफिनले जनाएको छ ।

यसले सेयर बजारको सन्तुलन र आम लगानीकर्ताहरु समेत प्रभावित भएको भन्दै परिसंघले नियामक निकाय धितोपत्र बोर्डलाई संयमित हुन आग्रह गरेको छ ।

नेपाल धितोपत्र बोर्डले गत मंगलबार सेयर बजारमा चलखेल गरेर कम्पनीको सेयर मूल्य बढाएको आरोप लगाउदै ५१ कम्पनीको नाम सार्वजनिक गरेको थियो । यसलाई लिएर अहिले बजारमा बोर्डको तिब्र विरोध भइरहेको छ ।

7940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका