जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • कृषि विकास बैंकले ग्राहकलाई कर्जाको हर्जाना व्याजमा शतप्रतिशत छुट दिने

कृषि विकास बैंकले ग्राहकलाई कर्जाको हर्जाना व्याजमा शतप्रतिशत छुट दिने

कृषि विकास बैंकले कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकले हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुट दिने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण प्रभावितलाई छुटको व्यवस्था गरिएको हो ।

यो सुविधा लिनका लागि ग्राहकलाइ अनुरोध गर्दै बैंकका शाखाहरुमा अषाढ मसान्तभित्र सम्पर्क गर्न आग्रह गरिएको छ । बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको हो । बैंकले सबै ग्राहकलाई यस छुटको उपयोग गरी लाभान्वित हुन अनुरोध गरेको छ ।

6445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका