जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • दशैँपछि आउनेछन् ३५ कम्पनीको १२ अर्ब बढीको आईपिओ

दशैँपछि आउनेछन् ३५ कम्पनीको १२ अर्ब बढीको आईपिओ

इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई दशैँ लगत्तै अर्थात् असोज २८ गते आईपिओ निष्काशन गर्दै छ । कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर निष्काशन गर्ने छ ।

इस्टर्न बाहेक हाल विभिन्न ३४ कम्पनीहरु आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति कुरेर बसेका छन् ।  यी कम्पनीलाई धितोपत्र बोर्डले क्रमश आईपिओ निष्काशनको अनुमति दिदै जाने छ। यसर्थ दशैँमा केहि रकम आईपिओको लागि छुट्याएर राख्न उपयुक्त हुने छ ।  यी कम्पनीहरुले कुल १२ अर्ब १० करोड ५७ लाख ३० हजार ७ सय ८५ रुपैयाँ बराबरको ८ करोड १८ लाख २५ हजार ४ सय ८१ कित्ता शेयर निष्काशन गर्ने तयारीमा छन्।

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिंग मिल्सले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरेका छन् भने अन्य कतिपय इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा शेयर निष्काशन गर्ने तयारी गरेका छन् ।

हेर्नुस् कसको कति आईपिओ पाईपलाइनमा?

१. सुपरमाई हाइड्रोपवार लिमिटेडको १० करोड बराबरको १० लाख कित्ता  ।

२. मोलुङ हाइड्रो कम्पनीको ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता  ।

३. बाराही हाइड्रोको ७ करोड बराबरको ७ लाख कित्ता  ।

४. एशियन हाइड्रोको ११ करोड ८० लाख बराबरको ११ लाख ८० हजार कित्ता  ।

५. कालिन्चोक दर्शन लिमिटेडको १२ करोड बराबरको १२ लाख कित्ता  ।

६. सिटी होटेल लिमिटेडको १६ करोड ७४ लाख बराबरको १६ लाख ७४ हजार कित्ता  ।

७. इन्गुवा हाइड्रोको १८ करोड बराबरको १८ लाख कित्ता  ।

८. सुपर मादी हाइड्रोको ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता  ।

९. शुभम पावरको ५ करोड ८० लाख ५८ हजारको ५ लाख ८० हजार ५ सय ८० कित्ता  ।

१०. थ्री स्टार हाइड्रोको १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता  ।

११. आत्मानिर्भर लघुवित्तको २ करोड ३ लाख ३८ हजार बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता  ।

१२. डिश मिडिया नेटवर्कको २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता  ।

१३. आईएमई लाइफ इन्स्योरेन्सको ६० करोड बराबरको ६० लाख कित्ता  ।

१४. हाथवे इन्भेष्टमेन्टको १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता  ।

१५. माया खोला हाइड्रोको ३४ करोड बराबरको ३४ लाख कित्ता  ।

१६. भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको १६ करोड ३२ लाख १६ हजार बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता  ।

१७. मकर जितुमाया सुरी हाइड्रोको २२ करोड ८० लाख बराबरको २२ लाख ८० हजार कित्ता  ।

१८. बिपीडब्लु लघुवित्तको ९७ लाख बराबरको ९७ हजार कित्ता  ।

१९. घोराही सिमेन्टको ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७ सय ८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८ सय १ कित्ता  ।

२०. कुन्थेली बुखारी स्मल हाइड्रोको २ करोड ४३ लाख ७३ हजार ५ सय बराबरको २ लाख ४३ हजार ७ सय ३५ कित्ता  ।

२१. ट्रेड टावर लिमिटेडको ११ करोड ५८ लाख ९८ हजार बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता  ।

२२. अपर स्यांगे हाइड्रोको ८ करोड ७० लाख बराबरको ८ लाख ७० हजार कित्ता  ।

२३. रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता  ।

२४. रिलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड २० लाख बराबरको ६० लाख कित्ता  ।

२५. मुक्तिनाथ कृषि कम्पनीको ४ करोड बराबरको ४ लाख कित्ता  ।

२६. सर्वोत्तम सिमेन्टको २४ लाख कित्ता  । मूल्य बुक विल्डिङ विधिबाट तय हुने  ।

२७. रिलायन्स स्पिनिग मिल्सको ७ लाख ७० हजार ६ सय ४० कित्ता  । मूल्य बुक विल्डिङ विधिबाट तय हुने  ।

२८. दोल्ती पावर कम्पनीको १६ करोड ९ लाख ४५ हजार ८ सय बराबरको १६ लाख ९ हजार ४ सय ५८ कित्ता।

२९. सगरमाथा जलविद्युत कम्पनीको ५४ करोड ८८ लाख बराबरको ५४ लाख ८८ हजार कित्ता ।

३०. माई खोला हाइड्रोको १९ करोड २१ लाख ५६ हजार ८ सय बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता ।

३१. मोदी इनर्जी लिमिटेडको ७२ करोड ५० लाख बराबरको ७२ लाख ५० हजार कित्ता ।

३२. सोनापुर मिनरल्स एण्ड ओइलको १ अर्ब २३ करोड बराबरको १ करोड २३ लाख कित्ता ।

३३. मेन्छियाम हाइड्रोको १६ करोड २७ लाख ७५ हजार बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता ।

३४. सानिमा मिडल तमोरको ८३ करोड ३१ लाख २५ हजार बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता ।

2025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका