जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

असार ६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने आज (आइतवार) अन्तिम मौका रहेको छ । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरको रू.. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो ।

कुल कित्ता ऋणपत्रमध्य सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्न लागेको हो । ऋणपत्र विक्रीको छिटो अवधि असार ९ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि बैंकले ढिलो अवधिसम्मको मिति तोकेको हो ।

१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

बैैंकको यो ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम मध्यम रहेको इक्रा एनपी डबल वि प्लस रेटिङ प्रदान गरेको छ ।

यो ऋणपत्र विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्ड वैशाख ६ गते नै अनुमति पाएको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

5990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका