जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अस्ट्रेलियामा अध्ययनका लागि जान लागेका विद्यार्थीलाई अनिल शाहले लिए यस्तो शिक्षा

अस्ट्रेलियामा अध्ययनका लागि जान लागेका विद्यार्थीलाई अनिल शाहले लिए यस्तो शिक्षा

उज्ज्वल भविष्यको ताल्चाको साँचो भनेको ब्यवसायिक शिक्षा भएकाले व्यवसायिक शिक्षामा जोड दिनुपर्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताएका छन ।

नेपाली लगानीकर्ताले सन्चालन गरेको अस्ट्रेलियाको प्राविधिक कलेज इन्टरनेशनल इन्स्टिच्यूट अफ एजुकेशनद्वारा आयोजित विकासोन्मुख देशमा व्यवसायिक शिक्षाको आवश्यकता विषयमा आयोजित कार्यक्रममा बोल्दै शाहले आफ्नो धारणा राखेका हुन् ।

कार्यक्रममा कलेजका संस्थापक सिइओ सागर लोहनीले बजारमा दक्ष जनशक्तिको परिपूर्ति गर्ने भनेकै व्यवसायिक शिक्षा भएकाले विद्यार्थीको हित बुझेर मार्गनिर्देशन गर्नु जरुरी रहेको बताएका छन् ।

विद्यार्थी विदेश पढ्न जाँदा सिपमुखि शिक्षा लिएर युनिभर्सिटीको पढाइ सुरु गर्दा विद्यार्थीकालमै राम्रो आम्दानी गर्न सकिने इक्यानका निवर्तमान अध्यक्ष बिष्णुहरी पाण्डे बताउँछन् । व्यवसायिक पढाईमा भिषा सक्सेस रेट ८७ प्रतिशत भन्दा बढी रहेकोले अहिले यसमा विद्यार्थीको आकर्षण बढेको पान्डेको बुझार्इ छ ।

अष्ट्रेलियाले आउँदो आठ वर्षभित्र नेपालीकै लागि विभिन्न क्षेत्रमा ३४ हजार रोजगार सिर्जना गर्ने योजना लिएको एनएलएफका सीइओ एन्ड्रयु स्किडमोरे बताए। व्यवसायिक शिक्षामार्फत नेपाली युवाले अष्ट्रेलियाबाट डिजिटल मार्केटिङ स्ट्राटेजी, डिजिटल टेक्नोलोजी, सञ्चार, दक्षता, नेतृत्व, श्रम, इन्टरप्राइजेजशिप, पोलिसी लगायत क्षेत्रमा दक्षता हासिल गर्न सक्ने उनले जानकारी दिए।

3795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका