होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, पुस १९, २०८१
शुक्रबार, पुस १९, २०८१
  • होमपेज
  • ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य

ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य

ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य भएको छ । महासंघमा आबद्ध व्यवसायी र त्यस संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका तर्फबाट महासंघका अध्यक्ष रमेश महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायीहरु तथा संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ ।

यस सम्झौता पश्चात नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई ज्योति विकास बैंकको कर्जा सेवाले थप सहजता प्रदान गर्नेछ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ब्त्ः वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

7000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका