जोडिनुहोस
बिहिबार, पुस ११, २०८१
बिहिबार, पुस ११, २०८१
  • होमपेज
  • जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, दुई जना सञ्चालक निर्विरोध निर्वाचित

जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, दुई जना सञ्चालक निर्विरोध निर्वाचित

जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा सम्पन्न भएको हो ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ । त्यस्तै, लेखापरिक्षकको प्रतिवेदन आर्थिक वर्ष २०७६ /७७ (एनएफआरएस) सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी विवरण र सो सम्बन्धी अनुसुची माथि छलफल गरी पारित भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका एजेण्डा पारित भएको छ ।

सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकमा अमृत बञ्जाडे र सरस्वती गौतम(ज्ञवाली) निर्विरोध निर्वाचित भएका छन् । कम्पनीले कोभिड १९ कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७७ /७८ को यही असार २० गतेसम्म कम्पनीले ६३ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दाबी भुक्रानी २७ करोड १६ लाख रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकि दाबी २० करोड रुपैयाँ रहेको छ । कोरो दाबी भुक्तानी १५ करोड ६३ लाख रुपैयाँ भइसकेको कम्पनीले जनाएको छ ।

6575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका