जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा नेपाल पे क्युआरको सुरुवात

कामना सेवा विकास बैंकद्वारा नेपाल पे क्युआरको सुरुवात

 कामना सेवा विकास बैंकद्वारा नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्युआर को लागि आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई नेपाल पे क्युआर सुबिधा प्रदान गर्न सुरु गरेका छन् ।  यस मार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको  ग्राहकहरुलाई क्युआर पेमेन्ट मार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ । 

नेपाल पे क्युआर, नेपाल राष्ट्र बैंकले जारी गरेको र एनसीएचएलद्वारा संचालित क्युआर  को मापदण्ड कार्यान्वयन गर्ने प्रमुख पुर्वाधार हो जस्ले नेट्वर्क र मर्चेन्ट स्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तरसंचालनमा मद्दत गर्नेछ । 

कामना सेवा विकास बैंक नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुने विकास बैंक मध्ये पहिलो विकास बैंक र नेपाल पे क्युआर लाई समर्थन गर्ने पहिलो विकास बैंक रहेको छ । यससँगै, कामना सेवाका आफ्नो व्यावसाय रहेको ग्राहकहरुले अब नेपाल पे क्युआर मार्फत सक्षम भएका कुनै पनि उपकरणहरूद्वारा आफ्ना ग्राहकहरूबाट प्राप्त भएको भुक्तानी व्यवस्थापन गर्न मर्चेन्टको रूपमा दर्ता गर्न सक्नेछन्, जुन कामना सेवा विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुको  वालेट वा कनेक्ट आइपीएस को मोबाइल बैंकिङ मार्फत यो सुविधा प्रयोग गर्न सक्नेछन् ।

3900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्