जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा

एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा

एभरेस्ट बैंकले मिति २०७६ जेष्ठ १६ गतेका दिन आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोही डेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहरौन सफल भएको छ ।

केन्द्रिय कार्यालयमा भएको एक कार्यक्रमका बीच सो झण्डा मिब्मा डेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. संधिर कुमारलाइ हस्तान्तरण गरेका छन्।

सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशव राज पौडेल, आशुतोष शर्मा तथा बैंकका बजार ब्यवस्थापन विभाग प्रमुख श्री पुष्पराज उप्रेती लगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा ग्रिसमकालमा ःत प्द्द को सफलता पुर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाइ समेत सम्मान गरिएको छ ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, १३५ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

6060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका