जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त

राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त

नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त गरेको छ । महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई बर्खास्त गरेको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डिल्लीराम पोखरेलले बताए ।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो ।

पुस २७ गते राष्ट्र बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी दुईदिने कार्यक्रममा आचार्यले बैंकका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको बताइएको छ ।

उनले दुव्यवहार गरेको आरोपपछि गठन भएको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा आचार्यलाई स्पष्टिकरण सोधेको र त्यसको जवाफ चित्त बुझ्दो नभएपछि बर्खास्त गरिएको बताएको छ ।

550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका