जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • भिआरएसमा कम कर्मचारीले निवेदन दिएपछि प्रभु बैंकले थप्यो समय

भिआरएसमा कम कर्मचारीले निवेदन दिएपछि प्रभु बैंकले थप्यो समय

प्रभु बैंकले कर्मचारी कटौती गर्न ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) समय थपेको छ। सोचेको भन्दा कमले कर्मचारीले निवेदन दिएको र त्यसमा पनि उच्चस्तरका अधिकारीहरु सहभागी नभएपछि बैंकले भिआरएसको म्याद एक सातालाई थपेको हो। प्रभुले साउन तेस्रो साता भिआरएस योजना ल्याएको हो।

अहिलेसम्म ४८ जना कर्मचारीले मात्रै जागिर छाड्न आवेदन दिएको बैंक स्रोतले बतायो। बैंक व्यवस्थापनले २ सय भन्दा बढी कर्मचारीले जागिर छाड्ने अनुमान गरेको छ। बैंकमा ३ हजार २ सय बढी कर्मचारी कार्यरत छन्।

बैंकले भिआरएस योजना पाँच वर्षभन्दा कम जागिर भएका सहायक प्रबन्धक (असिस्टेन्ट म्यानेजर) का लागि २० महिनाको कूल तलब र पाँच वर्षमाथि जागिर भएकालाई २४ महिनाको कूल तलब दिएर भिआरएसमा सहभागी गराउने भएको छ।

प्रभु बैंकले कर्मचारी कटौती गर्न निकाल्यो भिआरएस, २४ महिनासम्मको तलब ‘अफर’
अधिकृत तहमा तीन वर्षमाथि जागिर खानेलाई २० महिनाको कूल तलब दिने घोषणा गरी स्वेच्छिक अवकास योजना ल्याएको बैंक स्रोतले जानकारी दिएको छ।

गत पुस २२ मा प्रभुले सेन्चुरी कमर्सियल बैंकलाई आफूमा समाहित गरेपछि कर्मचारी संख्या घटाउन भिआरएस योजना ल्याएको हो

1720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका