जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सबै योग्य कम्पनीलाई ब्रोकर लाईसेन्स दिने तयारी, बन्यो ५ सदस्यीय कार्यदल

सबै योग्य कम्पनीलाई ब्रोकर लाईसेन्स दिने तयारी, बन्यो ५ सदस्यीय कार्यदल

नेपाल धितोपत्र बोर्डले हाल विद्यमान ब्रोकर समबन्धि नियमावलीलाई संशोधन गर्न कार्यदल गठन गरेको छ । बोर्डको संचालक समितिको बैठकले हालको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी ) नियमावलीमा आवश्यक संशोधन गर्नको लागि कार्यदल गठन गरेको हो ।

स्रोतका अनुसार कार्यदलमा बोर्ड कै ३ जना संचालक समिति सदस्य र बोर्ड ब्यबस्थापनको तर्फबाट २ जना सदस्य छन् । बोर्ड ब्यबस्थापनको तर्फबाट उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी र निर्देशक निरन्जय घिमिरे सदस्य छन् । कार्यदललाई यथाशीघ्र छिटो संशोधनको ड्राफ्ट तयार पार्न भनिएको छ ।

बैंकको सहायक कम्पनीलाई ब्रोकर लिनु पर्ने माग बढिरहेको बेला बोर्डले समग्र नियमावली नै संशोधन गर्ने तयारी गरेको हो । बोर्डले वाणिज्य बैंकको सहायक कम्पनीलाई पनि ब्रोकर लाईसेन्स दिने तयारी गरेको छ । त्यस्तै प्रदेश स्तरिय ब्रोकर लाईसेन्स दिने बोर्डले तयारी गरेको छ । यी बाहेक योग्य जो सुकै कम्पनीलाई ब्रोकर लाईसेन्स दिने विषयमा बोर्डमा छलफल भईरहेको छ । हाल बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने  र प्रदेश स्तरिय ब्रोकर लाईसेन्स दिने प्रावधान कानुनमा नभएकोले कार्यदलले आवश्यक संशोधन गरि नियमावली बनाउने भएको हो  ।

कार्यदलले तयार पारेको नियमावली बोर्डको संचालक समितिले पास गरेपछि सोहि अनुसार नयाँ ब्रोकर लाईसेन्स बितरणको लागि आवश्यक प्रक्रिया अगाडी बढ्ने छ  ।

बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले प्रादेशिक स्तरीय लाईसेन्समा बढी जोड दिएका छन्  । बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने विषयमा भने उनी युटर्न भएका देखिन्छन्  । लामो समय  राष्ट्र बैंकमा काम गरेर आएका उनले सुरुमा  बैंकको आफ्नै निश्चित कार्य र जिम्मेवारी हुने भएकोले बैंकलाई बैंक कै काम गर्न दिनु पर्ने बताउने गरेका थिए  । अर्थात् उनले बैंकको सहायक कम्पनीलाई लाईसेन्स दिन नसकिने बताएका थिए  । ब्यापक दबाबपछि उनले यसबारे ब्यबस्था गर्न कार्यदल बनाएका हुन्

5430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका