जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कामना बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

कामना बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले एक हजार अंकित दरका १० लाख कित्ताले हुन आउने अक्षेरुपी एक अर्ब रकम बराबरको “9%KSBBL Debenture 2088” ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।

कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । यस बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न छन् ।

ग्राहकहरुलाई समयसापेक्ष उत्कृष्ट सेवासुविधाहरु उपलब्ध गराउँदै आइरहेको यस बैंककाहाल १२८ वटा शाखाकार्यालयहरु र १ वटा एक्सटेन्शन काउन्टर तथा ७० वटा एटिएम मार्फत आफ्नो सेवाहरु प्रवाह गर्दै आएको छ ।

6685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका