जोडिनुहोस
शुक्रबार, जेष्ठ ४, २०८१
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • हिमालयन लाइफले गर्‍यो बीमितको घरमै गई बीमा दावी भुक्तानी

हिमालयन लाइफले गर्‍यो बीमितको घरमै गई बीमा दावी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको घरमै गएर बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको प्यूठान शाखा कार्यालयले शनीवारको दिन माण्डवी गाउँपालिका ३ नयाँगाउँका बीमित डोर बहादुर खत्री क्षेत्रीको घरमै गई बीमा दावी वापतको १० लाख ३६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

लुम्बिनी प्रदेश उपप्रमुख मोहनलाल कुवँरको प्रमुख आतिथ्यतामा मृत्यु दाबी भुक्तानी गरिएको शाखा प्रमुख केसीले जाकारी दिए । कम्पनीमा १० लाख रुपैयाँको जीवन बीमा पोलिसी खरिद गरेका बीमितले १ किस्ता मात्र बीमा शुल्क बुझाएका थिए । बीमा दावी भुक्तानी कार्यक्रममा कम्पनीका एमडिआरटि मिन बहादुर गहतराज, एमडीआरटि रिखिराम रावत, जनप्रतिनिधि, स्थानीयवासी लगायतको सहभागिता थियो ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका