जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेट, नेपालमै अटोमोबाइल उद्योग स्थापनामा सघाउने प्रतिबद्धता

अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेट, नेपालमै अटोमोबाइल उद्योग स्थापनामा सघाउने प्रतिबद्धता

नाडाको  प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन्।

नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले आफुहरु फेयर ट्रेडमा विश्वास गर्ने भएकाले सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्या बारे अर्थमन्त्री शर्मालाई प्रस्तुत गरेका छन्।

अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरुलाई कोभिड विरुद्धको खोपको व्यवस्था गर्न समेत नाडाले माग गरेको छ।

नेपालमा स्थानीयस्तरमै अटोमोबाइल स्पेयर पार्टस तथा लुब्रिकेन्ट्सहरु बढी आयात भइरहेको सन्दर्भमा अब उच्च गुणस्तरका स्पेयर पार्ट्स तथा लुब्रिकेन्ट्सहरु आयात गर्न आग्रह गरेको छ।

नाडाका उपाध्यक्ष करण चौधरीले राष्ट्र बैंकले सवारीसाधनहरुको बिक्रीमा लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक बर्ष २०७३-७४ देखि नै सवारी साधनहरुको आयात क्रमशः घट्न थालेको बताए।

आयात गर्दाको बिल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने नाडाको विश्वास छ।

अर्थमन्त्री शर्माले सरकारले सबैलाई सर्वसुलभ रुपमा खोप उपलब्ध गराउने जानकारी दिएका छन्। मन्त्री शर्माले अटोमोबाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह गर्दे त्यसलाई अघि बढाउन सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

8065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका