जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंक र युएनडिपीबीच सम्झौंता, प्रयास कार्यक्रममा रहेकाको भुक्तानी गर्ने

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपीबीच सम्झौंता, प्रयास कार्यक्रममा रहेकाको भुक्तानी गर्ने

राष्ट्रिय वाणिज्य बैंक र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी) नेपाल बीच प्रयास कार्यक्रम अन्तर्गत सीमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरे।सम्झौतापछि युनडिपीको प्रयास कार्यक्रम अन्तर्गत पहिचान भएका सीमान्तकृत घरधुरीहरुलाई युनडिपीले उपलब्ध गराउने रकम बैंकले बैंक खाता मार्फत भुक्तानी गर्ने छ।

बैंक सिइओ श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन आउने गरी सहयोग पाउने घरधुरीहरु मध्ये उद्यमी गर्न चाहने विपन्न उद्यमीहरुलाई बैंकले सहुलियतपूर्ण कर्जा लगानी गर्ने बताए। युएनडिपी नेपालकी आवसीय प्रतिनिधि लावेले पहिलोपटक बाजुरा, कैलाली, सिरहा, सप्तही, रौतहट र स्याङ्जा जिल्लाका २ हजार पाँच सय घरधुरीहरुलाई युएनडिपीको प्रयास कार्यक्रमले जीविकोपार्जनमा सहयोग पुग्ने बताईन्।

कार्यक्रममा बैंकका नायब उपकार्यकरी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु, कम्पनी सचिव, युएनडिपी नेपालका सहायक आवासीय प्रतिनिधि बलराम पौडेल, सल्लाहकार विन्दा मगर लगायत उपस्थित थिए।

2615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका