जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हिमालयन रिले कम्पनी रजिष्ट्रारबाट पायो कार्य सञ्चालन अनुमतिपत्र

हिमालयन रिले कम्पनी रजिष्ट्रारबाट पायो कार्य सञ्चालन अनुमतिपत्र

हिमालयन रिइन्स्योरेन्सलाई कम्पनी रजिष्ट्रारको कार्यालयले कार्य सञ्चालन अनुमति दिएको छ । नियामक निकाय बीमा समितिले असारमै व्यवसाय शुभारम्भको अनुमति दिए पनि कम्पनी रजिष्ट्रारबाट कार्य सञ्चालन अनुमति नपाउदा निर्जीवन बीमा व्यवसाय गर्न पाएको थिएन ।

कम्पनीले औपचारिक रुपमा उद्घटन नगरे पनि अव व्यवसाय गर्न पाउनेछ । यस्तो अनुमतिपत्र नपाउदा कम्पनीको योजना अनुसार प्राथमिक शेयर निष्काशन प्रकृयाँ पनि एक वर्ष पछाडि धकेलिने भएको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार कम्पनीले पुर्ण रुपमा एक आर्थिक वर्षको लेखापरिक्षण गर्नु पर्ने हुन्छ । सोहि अनुसार गत असार मसान्तमा पुनर्बीमा व्यवसाय शुभारम्भ गर्ने र चालु आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण तयार पार्ने कम्पनीको योजना थियो । यसका लागि कम्पनीले निर्धारित समय भन्दा अगाडि नै तोकिएको पूँजी जुटाएर बीमा समितिबाट व्यवसाय सञ्चालन अनुमति प्राप्त गरेको थियो । तर कम्पनी रजिष्ट्रारले थप कागजपत्र माग्दा कार्य सञ्चालन अनुमति प्राप्त गर्न ढिलाइ भएको हो ।

अव कम्पनीले आर्थिक वर्ष २०७०/८० को लेखापरिक्षण सम्पन्न गरे पछि मात्रै प्राथमिक शेयर निष्काशनको प्रकृयाँ अगाडि बढाउन सक्ने छ । यस हिसावले आर्थिक वर्ष २०८०/८१ मा मात्रै कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको तीन अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न सक्नेछ ।

राष्ट्रपति भवन शितलनिवास अगाडि कार्यालय स्थापना गरेको हिमालयन रिले मार्केटिङको काम भने सुरु गरेको छ । यसका लागि आवस्यक कर्मचारी पनि भर्ति गरिसकेको छ ।

कोभिड १९ को महामारीको कारण भिडभाड गर्न नमिल्ने भएकाले शुभारम्भ कार्यक्रम कसरी गर्ने भन्नेमा भने कम्पनी अलमलमा छ । भव्य रुपमा उद्घाटन कार्यक्रम आयोजना गर्ने कि साधारण हिसावले गर्ने भन्नेमा अहिलेसम्म निर्यौल हुन सकेको छैन ।

उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अध्यक्ष रहेको उक्त कम्पनीमा पुर्व अध्यक्षहरु भवानी राणा, पशुपति मुरारकाको पनि लगानी रहेको छ । राम्रो राजनीतिक पहुँच भएकाले प्रधानमन्त्री मन्त्रीहरुबाटै उद्घाटन गर्ने तयारीमा कम्पनी जुटेको छ ।

5615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका