जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मिटर ब्याजमा पैसा ऋणमा लगाउने पक्राउ

मिटर ब्याजमा पैसा ऋणमा लगाउने पक्राउ

मिटर ब्याजमा पैसा दिएको अभियोगमा एक जना पक्राउ परेका छन् । दोलखाको साविक मेलुङ गाविस १ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीया गणेश उप्रेतीलाई १९ करोडभन्दा बढीको चेकसहित पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमी बस्ने प्रकाश कार्की र काठमाडौंको कोटेश्वर बस्ने हेमरा गुमाजुलाई व्यक्तिगत कामका लागि उप्रेतीले मिटर ब्याजमा पैसा दिएको बताईएको छ । उप्रेतीले पटक–पटक गरी कार्कीबाट चार करोड १६ लाख र गुभाजुबाट चार करोड १४ लाखको चेक लिएको र उक्त रकम नदिए ज्यान मार्ने धम्की दिंदै आएको भन्दै उजुरी परेको थियो ।

चावहिल मित्रपार्कस्थित दृशान्त अटोमोबाइल्सबाट पक्राउ परेको उनको साथबाट १९ करोड ४३ लाख ६१ हजार ८६० रुपैयाँ बराबरको चेकसमेत बरामद गरिएको ब्यूरोले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

4950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका