जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • सिडिएससीद्वारा धितोपत्र कारोबारमा अवधि गणना गर्ने सुविधा थप

सिडिएससीद्वारा धितोपत्र कारोबारमा अवधि गणना गर्ने सुविधा थप

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले मेरो शेयर प्रणालीमा धितोपत्रको स्वामित्व अवधि गणना गर्ने सुविधा थप गरेको छ ।

सिडिएससीले आइतवार बेलुका ७ बजेदेखि उक्त सुविधा थप गरी सञ्चालनमा ल्याएको हो । साउन ३ गतेदेखिको धितोपत्र विक्री गर्दा हुने नाफामा लाग्ने पूँजीगत लाभकर गणनामा नयाँ विधि लागू गरिएको छ । साउन ३ गतेदेखिको कारोबारमा व्यक्तिगत लगानीकर्ताहरुमा अल्कालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा परिचित भई पूँजीगत लाभकर तिर्नुपर्ने भएको हो ।

नयाँ व्यवस्था अनुसार अल्पकालिन अर्थात् ३६५ दिनभन्दा अघिनै शेयर विक्री गर्दा भएको नाफामा ७ दशमलव ५ प्रतिशत र दीर्घकालिन ३६५ दिनभन्दा बढी अवधि शेयर कायम गरी विक्री गर्दा भएको नाफामा ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने भएको हो ।

यो व्यवस्था कार्यान्वयनका लागि सिडिएससीले मेरो शेयरमा रहेको my purchase source मा my holdings भन्ने सुुविधा थप गरेको हो । यो सुविधा प्रयोगका लागि अब लगानीकर्ताहरुले my purchase source मा गई आफूले खरीद गरेको शेयरको लगत यकिन गरेपछि my holdings मा गएर एक वर्षभन्दा कम अवधिको भएर short term अर्थात् ST र एक वर्षभन्दा बढीको भए long term अर्थात् LT छनौट गर्नु पर्नेछ ।

यद्यपी यो प्रकृया सिडिएससीको प्रणालीले नै छनौट गर्नेछ । लगानीकर्ताहरुले उक्त प्रणालीमा छनोट भएको जानकारी सहि छ या छैन भनेर आफैले हेर्न सक्नेछन् ।

सिडिएससीले मेरो शेयरको मोवाइल एप प्रयोग गर्ने लगानीकर्ताहरुलाई प्लेस्टोरमार्फत मेरो शेयर एप अपडेट गरी उक्त सेवा प्रयोग गर्न आग्रह गरेको छ ।

5620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका