जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको नाफा करीब १०% ले बढ्दा, प्रति शेयर वितरणयोग्य नाफा कति

माछापुच्छ्रे बैंकको नाफा करीब १०% ले बढ्दा, प्रति शेयर वितरणयोग्य नाफा कति

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा ९ दशमलव ७५ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी १० दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ८७ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा पनि ९ दशमलव ९१ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

खुद नाफामा वृद्धिसंगै कम्पनीको प्रति शेयर आम्दानी पनि ९ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष १६ रुपैयाँ ४४ पैसा रहेको प्रति शेयर आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १८ रुपैयाँ ०५ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड रहेको छ । यसको आधारमा कम्पनीको प्रति शेयर वितरणयोग्य नाफा १५ रुपैयाँ २९ पैसा रहेको छ ।

कम्पनीको खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष १ दशमलव ०४ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा २ दशमलव १२ प्रतिशत रहेको छ ।

१० अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा ४ अर्ब ४६ करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ १५९ रुपैयाँ १ पैसा रहेको छ ।

720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?