जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेपाल बैंकर्स संघमा फेरि ज्ञानेन्द्र किन ?

नेपाल बैंकर्स संघमा फेरि ज्ञानेन्द्र किन ?

नेपाली २८ वाणिज्य संगठन नेपाल बैंकर्स संघको अध्यक्ष को बन्ला भन्ने चर्चा र चासो बढेको छ । नेपाल बैंकर्स संघको अध्यक्ष अहिले एनबी बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना छन् ।

ढंगाना अध्यक्ष भए देखिनै नेपाल बैंकर्स संघले दर्जनौ काम गरेको देखिन्छ । अध्यक्ष ढुंगानाकै पहलमा सबैभन्दा महत्वपूर्ण काम डिपोजिटको ब्याजदरमा २८ वटै वाणिज्य बैंक बीच भद्र सहमती भयो । यो अझै टुटेको छैन । यसले गर्दा बैंकहरु बीच पैसा तानातानको अन्त्य भएको छ ।

राष्ट्र बैंकले बेला बखत ल्याएको केही अप्ठ्यारा निर्देशन बिरुद्ध ढुंगानाकै अध्यक्षतामा बसेको बैठकले प्रेस विज्ञप्ती नै राष्ट्र बैंकलाई बुझाएर बैंकरका पक्षमा चर्को आवाज उठाएका थिए । यी त उदाहरण मात्रै हुन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाको सक्षम नेतृत्वले संघलाई देशका उच्च पदस्थ राष्ट्रपति देखि मन्त्रीहरुले समेत आर्थिक विषयमा छलफल गर्न र विभिन्न कार्यक्रममा प्रतिनिधित्व गर्न निमन्त्रणा गर्ने परम्पराको थालनी भएको देखिन्छ । यो बैंकरहरुकै लागि खुशीको पक्ष मान्नु पर्दछ ।

१७ गते हुने नेपाल बैंकर्स संघको चुनावमा अहिलेका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना नै दोहोरिने प्रायः निश्चित देखिन्छ ।
पूराना बैंकर एवं जनता बैंकका सीइओ पशुरामा कुंवर क्षेत्रीलाई अध्यक्ष हुन आग्रह गरिएपनि उनीले आफू अध्यक्ष नबन्ने बताएपति ढुंगानाको विकल्प नै देखिदैन ।

क्षेत्रीले अध्यक्ष बन्न नचाहे पछि संघका पूर्व अध्यक्ष अनिल केशरी शाहलाई आग्रह गरिए पनि उनीले समेत इच्छा नदेखाएको एक बैंकरले बताए ।
जनता बैंकका सीइओ पशुराम कुंवर क्षेत्रीले आर्थिक बजारन्यूज डटकमसंग भनेः– मैले एक पटक फेरी ज्ञानेन्द्रजीलाई नै संघको अध्यक्ष बन्न आग्रह गरेको छु । उहाँको कार्यकालमा धेरै काम भएका छन् । त्यसकारण आफू अध्यक्ष नबन्ने निधो मैले गरेको हुँ । उनीकै शब्द सापटी लिने हो भने अबको संघको अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना नै बन्ने प्रस्टै देखिन्छ ।

के संघको अध्यक्ष फेरी तपाई बन्दै हुनुहुन्छ रे नि भनी गरेको प्रश्नमा नविल बैंकका सीइओ एवं संघका पूर्व अध्यक्ष अनिल केसरी शाहले आर्थिक बजार न्यूजडटकमसंग भनेः– ज्ञानेन्द्रजीले राम्रा काम थाल्नु भएको छ ।

व्याजदरको भद्र सहमती देखि बैंकरहरुको उमेरहद सम्मका कामलाई हेर्दा फेरि १ पटक उहाँनै अध्यक्ष हुनु पर्दछ, भन्ने मेरो कुरा हो । उनीले थप, म अध्यक्ष भैसकेको मान्छे फेरि बन्ने कुरा नै भएन नि ।
जे भएपनि संघका अध्यक्ष ढुंगानाको समक्ष नेतृत्व फेरि बैंकर्सले पाउने निश्चित देखिन्छ । सचेत भया ।

15515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका