जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • वाणिज्य कार्यालयद्वारा ५२ व्यावसायिक फर्मलाई कारबाही

वाणिज्य कार्यालयद्वारा ५२ व्यावसायिक फर्मलाई कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले १ वर्षमा ५२ ओटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा २०२ ओटा फर्मको अनुगमन गरेकोमा कैफियत पाइएका ५२ ओटा फर्मलाई कारबाही गरेको हो । कारबाहीमा परेका उद्योग र पसलहरू छन् । उक्त संख्याका फर्मलाई कारबाही गर्दा १९ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी कार्यालयले दिएको छ ।

कार्यालयले अघिल्लो आवमा २२ ओटा फर्मलाई कारबाही गरेको थियो । कार्यालयले ठूला शपिङ सेन्टरहरूलाई पनि कारबाहीको दायरामा ल्याएको छ । कतिपय शपिङ सेन्टरले म्याद गुज्रिएको खाद्यवस्तु विक्री वितरणदेखि खरीद गरेको भन्दा अत्यधिक मुनाफा गरी कालोबजारी गर्ने गरेको पाइएको छ । ठूला शपिङ सेन्टरहरूमा जैसानी ट्रेड कन्सर्न समेत रहेको छ, जसलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

यस्तै बीके मसाला उद्योग, सेन्टर बजार प्रालि, अंशु लघु घरेलु उद्योग, विज्ञान फार्मेसी, वविता सर्जिकल हाउसलाई २ लाख रुपैयाँका दरले जरीवाना गरिएको वाणिज्यका निमित्त कार्यालय प्रमुख पोखरेलले जानकारी दिए । आर्थिक वर्षमा १ हजार ८३९ ओटा नयाँ फर्म दर्ता भएका छन् । नवीकरण/संशोधन ३ हजार ३०६ र खारेजी २०० ओटा फर्म भएको वाणिज्य कार्यालये बताएको छ । प्रदेश १ को १४ जिल्ला कार्यक्षेत्र भए पनि विगतका वर्षहरूमा मोरङमा मात्र वाणिज्यले अनुगमन गर्दै आएको थियो । तर गत आवमा मोरङ बाहेकका ६ जिल्लामा पनि वाणिज्यले अनुगमन गरेको छ, जसमा सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर रहेका छन् ।

4725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका