सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा लेखमणी तिर्ताल र उमेश कुमार गौतमले सर्वाधिक उचाइमा ‘स्ट्याण्ड अप कमेडी गिग’ गरेर गिनिज वर्ल्ड रेकर्ड बनाउन सफल भएका छन् । उनिहरुले ५३०२ मिटरको उचाइमा रहेको कालपथ्थरमा कमेडी सो गरेका हुन् ।
उनिहरुले बैशाख २० गते उक्त सो आयोजना गरेका थिए । नेपालको नाम रहने भन्दै कम्पनीले उनिहरुलाई आर्थिक सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले जानकारी दिए । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सहयोग गरेको उनले बताए ।
दुई नेपाली ट्यालेन्टलाई विश्वमाझ चिनाउनका लागि कम्पनीले आर्थिक सहयोग गरेको हो । यस्तो कार्यले कम्पनी पनि नाम उज्वल हुने खड्काले जनाए ।