जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • गाडीमा अधिकतम ८० प्रतिशतसम्म फाइनान्सिङ

गाडीमा अधिकतम ८० प्रतिशतसम्म फाइनान्सिङ

काठमाडौंको भृकुटीमण्डपमा सुरु हुन लागेको सवारी साधनको कुम्भ मेलामा नाडा अटो शोलाई लक्षित गर्दै वाणिज्य बैंकहरुले सस्तो ब्याजदरको गाडी कर्जा ल्याएका छन्।केही बैंकले विदयुतीय गाडीमा अझ आकर्षक ब्याजदरमा ऋण योजना ल्याएका छन्। विद्युतीय गाडीका लागि नविल,एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड एनएमबि,सानिमा, लक्ष्मी लगायत बैंकले कम ब्याजदरमा कर्जा दिँदैछन्। एनएमबि बैंक र नविल बैंकले अन्य गाडीको तुलनामा विद्युतिय गाडीको व्याजदर नै घटाएका छन्।

नेपाल राष्ट्र बैंकले विद्युतीय गाडीमा अधिकतम ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न पाउने व्यवस्था गरेसँगै सबै बैंकले २० प्रतिशत डाउन पेमेन्टमा ८० प्रतिशत फाइनान्सिङ गर्ने जनाएका छन्।

मेलामा केही बैंकले स्टलनै राखेर सेवा दिँदैछन्। बैंकले न्यूनतम ८.५ प्रतिशतदेखि ९.५ प्रतिशतबीचमा रहेर कर्जा प्रवाह गर्दैछन्। निजीस्तरका बैंकहरु मध्ये सबैभन्दा सस्तो व्याजदर एभरेष्ट बैंकको ९.६६ प्रतिशत छ।

कुन बैंकको कस्तो छ कर्जा?

नविल बैंक

नविल बैंकले विद्युतिय गाडीमा ८० प्रतिशत फाइनान्स र ९.५९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नेछ। त्यस्तै अन्य गाडीको हकमा भने न्यूनतम १०.५९ प्रतिशतमा कर्जा प्रवाह गरेको छ। बैंकको हालको आधार व्याजदर ८.०९ प्रतिशत छ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले ‘तपाईको गाडी चढ्ने सपना हामी साकार गर्नेछौ’ भन्ने नारा सहित गाडी कर्जाको स्कीम ल्याएको छ।

बैंकले मेलामा ५ वर्षे अवधिको लागि ९.६६ प्रतिशत र ७ वर्षे अवधिको लागि १०.१२ प्रतिशतमा कर्जा प्रवाह गर्ने भएको छ। मेला बाहेक भने बैंकले आधार व्याजदर ८.१२ प्रतिशतमा १.५० प्रतिशतदेखि ६.७५ प्रतिशतसम्म प्रिमियम थपेर लगानी गर्न सक्नेछ।

एनएमबि बैंक

एनएमबि बैंकले मेलालाई लक्षित गर्दै विद्युतीय गाडीको लागि ९.९ प्रतिशतमा कर्जा प्रवाह गर्ने भएको छ। यो व्याजदर मेला अवधिभर मात्रै लागु हुने बैंकले जनाएको छ।

त्यस्तै अन्य गाडीहरुको लागि १३.५ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ। बैंकको अहिलेको आधार व्याजदर ९.८६ प्रतिशत छ। आधार व्याजदर भन्दा माथि रहेर मात्रै कर्जा प्रवाह हुन्छ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आईएमई बैंकले मेला अवधिका लागि ९.९९ प्रतिशतमै गाडी कर्जा प्रवाह गर्ने भएको छ।

बैंकले यो अवधिमा गाडीको कर्जा लिनेलाई ०.४५ प्रतिशत प्रिमियममै कर्जा दिने छ। बैंकले आधार व्याजदरमा १.५ प्रतिशत भन्दा धेरै प्रिमियम लिएर कर्जा प्रवाह गर्ने जनाएको छ।

सानिमा बैंक

सानिमा बैंकले मेला अवधिमा १०.४९ प्रतिशतमा गाडी कर्जा प्रवाह गर्ने भएको छ। बैंकले विद्युतीय र अन्य गाडीको लागि व्याजदर एकै बनाए पनि फाइनान्सिङमा भने नेपाल राष्ट्र बैंकको निर्देशनभित्रै रहेर गर्ने जनाएको छ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले मेला लक्षित गर्दै १२.५० प्रतिशतमा गाडी कर्जा प्रवाह गर्ने भएको छ।  बैंकले कागजपत्र पाएको दुईदेखि तीन दिनभित्रमा कर्जा प्रवाह गर्ने जनाएको छ।

बैंकको हालको आधार व्याजदर ११.२९ प्रतिशत छ। मेला वाहेक बैंकले आधार व्याजदरमा न्यूनतम १.१२ प्रतिशतदेखि अधिकतम ४.२५ प्रतिशत प्रिमियम थपेर ब्याज निर्धारण गर्नेछ।

प्रभु बैंक

प्रभु बैंकले भने मेलालाई लक्षित गरेर सवारी साधन कर्जा ल्याएको छैन। बैंकको हालको आधार व्याजदर ९.३६ प्रतिशत छ। अटो लोनका लागि बैंकले न्यूनतम ११.९५ प्रतिशतमा प्रवाह गर्दै आएको छ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले विद्युतीय गाडीको लागि आधार व्याजदरमा एक प्रतिशत थप गरेर कर्जा प्रवाह गरेको छ। बैंकले अहिले प्रवाह गरेको यस्तो कर्जा अवको तीन वर्षसम्म परिवर्तन हुने छैन।

त्यस्तै अन्य गाडीको हकमा पनि आधार व्याजदरमा दुई प्रतिशत थप गरेर कर्जा प्रवाह गरिरहेको छ। नाडा अटो शोका लागि नयाँ स्कीम ल्याउने जनाएको छ।

माछपुच्छ्रे बैंक

माछपुच्छ्रे बैंकले मेलालाई लक्षित गर्दै १०.९९ प्रतिशत व्याजदरमा गाडी कर्जा ल्याएको छ। बैंकको आधार व्याजदर १०.३७ प्रतिशत छ। यो ब्याजदरमा सेवा शुल्क शुन्य दशमलब ५ प्रतिशत जोडिनेछ।

कुमारी बैंक

कुमारी बैंकले नाडा अटो शोका लागि कुनै योजना ल्याएको छैन।तर १२ प्रतिशत व्याजदरमा नियमित रुपमा गाडी कर्जा दिइरहेको छ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले मेलासँगै तीन महिनासम्मका लागि सवारी साधन कर्जाको ब्याजदर ९.९ प्रतिशत तोकेको छ। यो व्याजदर सोमबारदेखि आगामी तीन महिनासम्म कार्यान्वयन हुनेछ।

बैंकको हालको आधार व्याजदर ९.७२ प्रतिशत छ। अरु समयमा बैंकले आधार मूल्यमा १.२५ प्रतिशतदेखि ५.५ प्रतिशत प्रिमियम सहित कर्जा प्रवाह गर्दै आएको छ।

हिमालयन बैंक

हिमालयन बैंकले नाडा अटो शोका लागि केही योजना ल्याएको छैन।बैंकले अहिले गाडी कर्जा १०.५५ प्रतिशतमा दिँदै आएको छ। बैंकले सात वर्ष अवधिसम्मका लागि कर्जा प्रवाह गर्दै आएको छ। बैंकको हालको आधार व्याजदर ९.०५ प्रतिशत छ।

13315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका