जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • पैसा नभएको चेक दिएर बैंकिङ कसुरमा दोषी ठहरिएकी एक महिला पक्राउ

पैसा नभएको चेक दिएर बैंकिङ कसुरमा दोषी ठहरिएकी एक महिला पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–४ हात्तीगौडाकी ४५ वर्षीया नीता भण्डारी रहेकी छिन् ।

उच्च अदालत पाटनको २०७८ साल वैशाख ६ गतेको पैसलाले १० लाख जरिवाना र ४ दिन कैद सुनाएपछि फरार रहेकी उनलाई सीआईबीले काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

भण्डारीले २०७८ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर मुक्तिनाथ विकास बैंकमा रहेको खाताबाट रकम भुक्तान हुने गरी ४८ लाख रुपैयाँ बराबरको चेक काटेर दिएकी थिइन् ।

बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अनुसार उक्त कसुरमा ठहर गरी उच्च अदालतले जरिवाना र कैद सजायको फैसला सुनाएको थियो ।

पक्राउ लगत्तै भण्डारीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

7930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?