जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • साउदको राजिनामापछि नेप्सेमा निमित्त सीईओको जिम्मेवारी फुयाललाई

साउदको राजिनामापछि नेप्सेमा निमित्त सीईओको जिम्मेवारी फुयाललाई

नेपाल स्टक एक्सचेन्ज नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले पदबाट राजिनामा दिएसंगै अर्को ब्यबस्था नहुँदासम्मको लागि फुयालले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।

फुयाल नेप्सेमा हाल भएका कमर्चारी मध्ये सबै भन्दा उच्च तहका कर्मचारी हुन् । नियमित काम कारवाही सुचारु राख्न नेप्से संचालक समितिको बैठकले उनलाई निमित्तको जिम्मेवारी दिएको हो ।

सीईओ साउदले गत मंगलबार राजिनामा दिएका थिए । श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेका उनले कानुन अनुसार शेयर खरिद गर्न पाउने तर छानविनमा सहयोग पुर्याउन नैतिकताको आधारमा राजिनामा दिएको बताएका थिए । कार्यकाल सकिनु भन्दा ५ हप्ता अगाडी उनको राजिनामा आएको हो । 

2065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका