जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अब बीमामा पनि कालोधन निषेध

अब बीमामा पनि कालोधन निषेध

बीमा कम्पनीहरूमा पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी सफ्टवेयर लागू हुने भएको छ । बीमा समितिले बीमा क्षेत्रमा कालोधन भित्रिन नदिन सम्पत्ति शुद्धीकरण सम्बन्धी सफ्टवेयर लागू गर्ने भएको हो ।

समितिले यही साउन महिनाभित्रमा देशको बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको सफ्टवेयर (गोएमएल) अनिवार्यरुपमा लागू गर्ने भएको छ ।

यसअघि नमुना परीक्षणका रूपमा विभिन्न पाँच वटा जीवन बीमा कम्पनीहरूबाट लागू गर्न सुरु गरिएको गोएमएल यही साउन महिनाभित्रमा सबै बीमा कम्पनीहरूमा अनिवार्य रूपमा लागू गर्न लागिएको बीमा समितिले जनाएको छ ।

इजाजतप्राप्त सबै जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीहरूका लागि गोएमएल सञ्चालन सम्बन्धी सैद्धान्तिक एवम् व्यवहारिक जानकारी दिइएको छ । आइतबार काठमाडौंमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमा क्षेत्रमा गोएमएल सफ्टवेयरबाट रिपोर्टिङ गर्ने विषयक अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको एकल बीमालेख अन्तर्गत पहिला प्रिमियम बापत एकै पटक ठुलो रकम लिएर बीमा गर्ने र बिमितले आठ–दश महिनाभित्रै सरेण्डर गरेर ठुलो रकम निकाल्ने प्रवृत्ति शङ्कास्पद हुने भएकाले त्यसका बारेमा शुरुमै नेपाल राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाई (एफआईयू) लाई जानकारी गराउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

बीमा कम्पनीहरूमा बीमा गर्नका लागि एकै पटक ठुलो रकम आएमा त्यसको स्रोत के हो र कहाँबाट आयो भन्ने जानकारी लिएर गोएमएल मार्फत एफआईयूलाई जानकारी गराउनुपर्ने अध्यक्ष सिलवालले बताए । उनका अनुसार यदि त्यसो नगरेमा सम्बन्धित बीमा कम्पनीलाई बीमा ऐन, २०४९ र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कानून बमोजिम कारबाही हुनेछ ।

साथै, उनले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण र शङ्कास्पद लगानी हुन नदिनका लागि बीमा कम्पनीहरूलाई बारम्बार पत्राचार र निर्देशन दिएको उल्लेख गर्र्दै विगतका कमी कमजोरीलाई सच्याएर बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण र शङ्कास्पद लगानी निवारणका लागि सदैव चनाखो र सजग हुन कम्पनीहरूलाई आग्रह गरे ।

5205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका