जोडिनुहोस
मङ्लबार, मंसिर १८, २०८१
मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

एनएलजी इन्स्योरेन्सको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

एनएलजी इन्स्योरेन्स कम्पनीको भोलि बुक क्लोज हुने भएको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज हुने भएको हो ।

यसर्थ २०७६/७७ को नाफाबाट वितरण हुने यस कम्पनीको लाभांश हात पार्नका लागि आज बुधबारसम्म सेयरधनी हुनुपर्ने छ । आजसम्म सेयरधनी भएकाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट दिने भनेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश हात पार्नेछन् ।

लाभांश लगायतका प्रस्ताव पारित गर्न कम्पनीले साउन २१ गते, बिहीबार रजिष्टार्ड कार्यालय, पानी पोखरीमा १५ औँ वार्षिक साधारण सभा बोलाएको राखेको छ । आजसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन्

4865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?