जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गरिमाले सहारालाई गाभेपछि एकिकृत कारोबार मिति तय, ४ वर्षदेखि रोक्का कारोबार फुकुवा हुदै

गरिमाले सहारालाई गाभेपछि एकिकृत कारोबार मिति तय, ४ वर्षदेखि रोक्का कारोबार फुकुवा हुदै

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले सहारा विकास बैंकलाई गाभेपछि आगामी कार्तिक २८ गतेबाट एकिकृत कारोबार हुने भएको छ  । गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार हुने भएको हो  ।

नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई कार्तिक १ गते मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो  । बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि स्वीकृति पाई सकेको छ ।

 सहारा विकास बैंक लिमिटेडको प्राप्ति हुने अघिल्लो दिनसम्म कायम रहेको लेखामा उल्लेखित मूल्यमा सम्पूर्ण चलअचल सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्ति (एक्विजिशन) गर्ने संस्था गरिमा विकास बैंक लिमिटेडले व्यहोर्ने, सकार्ने एवं प्राप्ति हुने कम्पनीबाट हाल सम्म भए गरेका सम्पूर्ण कारोबार प्राप्ति (एक्विजिशन) गर्ने कम्पनीबाट भए गरेको मानिने तथा प्राप्ति हुने कम्पनीले जारी गरेका शेयर/प्रमाणपत्र प्राप्ति (एक्विजिशन) गर्ने कम्पनीमा रुपान्तरण हुने एवं प्राप्ति हुने कम्पनीले गरेका करारहरु प्राप्ति (एक्विजिशन) गर्ने कम्पनीले नै गरे सरह कायम रहने र गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भए पश्चात (गरिमा विकास बैंक लिमिटेड Garima Bikas Bank Ltd.) (“ख” वर्ग, राष्ट्रियस्तर) को नामबाट एकिकृत कारोबार हुने भएको हो ।  प्राप्ति (एक्विजिशन) पश्चात बैंकको केन्द्रीय (रजिष्टर्ड) कार्यालय काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.२, लाजिम्पाटमा रहने छ ।

गरिमाको भदौ १५ गते मंगलबारको विशेष साधारणसभाले सहारालाई प्राप्ति गर्न प्रस्तव पारित गरेको थियो  ।  सहारा विकास बैंक १:१ को स्वाप अनुपातमा गरिमा विकास बैंकमा गाभिने लागेको हो । अर्थात् हाल सहारा विकास बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले एकिकृत कारोबारपछि गरिमाको पनि १०० कित्ता शेयर नै पाउने छन् ।

नेप्सेमा सहारा विकास बैंकको कारोबार ४ वर्षदेखि रोक्का रहेको छ । सुरुमा देव विकास बैंकले सहरा विकास बैंकलाई गाभ्न लागेको थियो । तर त्यो प्रक्रिया रद्द भएको थियो । त्यसपछि गरिमाले बैंकलाई गाभ्न लागेको हो । 

4160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका