जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नबिल बैंकको जेन अल्फाको ब्राण्ड एम्बेसडरमा प्रेन्सा रेग्मी, के हो जेन अल्फा ?

नबिल बैंकको जेन अल्फाको ब्राण्ड एम्बेसडरमा प्रेन्सा रेग्मी, के हो जेन अल्फा ?

नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो।

अभिभावकहरूले यो एपमार्फत् आफ्नाबालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन्। बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान छ।

यो प्रोडक्ट मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ।

रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन्। पोखराको बिरौटाका स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा ग्लोबल चाइल्ड प्रोड्जी अवार्ड २०२२ जितेकी थिइन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बालबालिकालाई मार्गदर्शन र प्रोत्साहित गर्न एमा आधारित नेपालकै पहिलो प्रोडक्ट जेन अल्फा रहेको जिकिर गरे। उनका अनुसार प्राविधिक ज्ञान भएका नयाँ पुस्ताका बालबालिकालाई लक्षित गरेर एप ल्याइएको र यसबाट पैसा समेत कमाउन सक्नेछन्।

3410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका