जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कात्तिक २३ मा बैकर्स संघको एजीएम, अध्यक्षमा उपाध्यायको सम्भावना

कात्तिक २३ मा बैकर्स संघको एजीएम, अध्यक्षमा उपाध्यायको सम्भावना

नेपाल बैकर्स संघको साधारणसभा कात्तिक २३ मा हुने भएको छ । कात्तिक २३ मा हुने साधारणसभाले संघको नयाँ अध्यक्ष चयन गर्ने छ । संघका अध्यक्ष भुवन दाहालको २ वर्षे कार्यकाल सकिएपछि नयाँ नेतृत्वको लागि निर्वाचन हुने छ ।

संघमा विगतदेखि उपाध्यक्षलाई अध्यक्ष बनाउने प्रचलन रहेको छ । सो अनुसार संघका उपाध्यक्ष अनिल उपाध्याय संघको अध्यक्ष बन्ने सम्भावना छ । तर,उपाध्यक्ष अध्यक्ष बन्ने प्रचलन भने अघिल्लो पटक नै ब्रेक लागेको छ । 

संघको उपाध्यक्ष रहेका एसबिआई बैंकका सीइओ अनुकुल भट्नाकर भारतीय नागरिक भएको कारण अध्यक्ष बनेनन् । यो पटकपनि बैंकरहरुले अनिल उपाध्याय सरकारी बैंकको सीइओ भएको हुँदा समग्र बैंकिङ प्रणालीको प्रतिनिधित्व गर्न नसक्ने र सरकार तथा नियामक निकाय राष्ट्र बैंकसँग कुरा राख्न नसक्ने भन्दै अर्को बिकल्प खोज्नुपर्ने धारणा निजी क्षेत्रका बैंकरहरुको रहेको छ ।

केही बैंकरले ग्लोबल आइएमई बैंकका सीइओ रत्नराज बज्राचार्यलाई अध्यक्ष बन्न अनुरोध गरेका छन् । रत्नराजले भने अध्यक्ष बन्न अस्विकार गरेका छन् । रत्नराजले अध्यक्ष बन्न नमानेमा उपाध्यक्ष रहेका उपाध्याय नै बैकर्स संघको अध्यक्ष बन्नेछन्

4235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका