समाचार
सिटिजन्स बैंकको ब्यापार ५०% ले बढ्दा नाफा ३३ प्रतिशतले उक्लियो, प्रति सेयर आम्दानी १५ रुपैयाँ


मर्जरको कारणसहित ब्यापार ५० प्रतिशतले नाघ्दा सिटिजन्स बैंक इन्टरनेशनलको नँफा ३३.३९ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकले असल ऋणमै प्रोभिजनिङ बढाइ दिएपछि सार्वजनिक वित्तीय विवरण अनुसार, बैंकको खुद नाफा एक अर्ब ५९ करोड ८७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष नाफँ एक अर्ब १९ करोड ८५ लाख रुपैयाँ थियो।
यो नाफामा ब्यापारका साथै सृजना फाइनान्स र तिनाउ मिसन डेभलपमेन्ट बैंक गाभिएर आएको आम्दानी पनि छ। चैतमा तिनाउ मिसन गाभिएको थियो भने असारमा सृजना फाइनान्स गाभिएको थियो।
मर्जरका कारण जगेडा कोष ३० प्रतिशतले बढेको छ। कोष ४ अर्ब ४१ करोड रुपैयाँको भएको छ।
बैंकले खुद ब्याज आम्दानी २५ प्रतिशतले बढाएको छ। जबकी ब्यापार ५० प्रतिशतले बढेको छ। बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ६० करोड ८१ लाख रुपैयाँ गरेको छ। ऋण बिस्तार एक खर्ब १८ अर्ब पुगेको छ।
राष्ट्र बैंकले असल ऋणमा गर्नु पर्ने नोक्शानी ब्यवस्था बापतको एक प्रतिशतलाई बढाइ दिएर १.३ प्रतिशत पुर्याइ दिएपछि नोक्शानी ब्यवस्थापन बापतको रकम १३ प्रतिशतले बढेको छ। बैंकले यसपाली ७२ करोड रुपैयाँ नोक्शानी ब्यवस्थापन गरेको छ।
बैंकको प्रति सेयर आम्दानी १५ रुपैयाँ ३८ पैसा छ। बैंकले ३.५९ प्रतिशत ब्याज स्प्रेड कायम गरेको छ भने आधार दर ७.५५ प्रतिशतमा झरेको छ।