जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लुम्बिनी विकास बैंकले १ अर्बको ऋणपत्र ल्याउँदै, ब्याज ११ प्रतिशत दिने

लुम्बिनी विकास बैंकले १ अर्बको ऋणपत्र ल्याउँदै, ब्याज ११ प्रतिशत दिने

लुम्बिनी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने स्वीकृति पाएको छ। बैंकले वैशाख १० गते आइतबार धितोपत्र बोर्डबाट ‘११ प्रतिशत एलबीबीएल डिभेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको अन्तिम स्वीकृति पाएको हो। बैंकले अबको केही समयमा नै ऋणपत्रको निष्कासन तथा बिक्री खुलाउने जनाएको छ। बैंकले आइतबार १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्ने स्वीकृति पाएको हो।

उक्त ऋणपत्रमध्ये बैंकले ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संस्थाहरुलाई बिक्री गर्ने छ। बाँकी ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक रुपमा सर्वसाधारणलाई निष्कासन तथा बिक्री गर्ने छ।

बैंकले उक्त ऋणपत्र प्रति कित्ता १००० रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ। ऋणपत्रले लगानीकर्ताहरुलाई वार्षिक ११ प्रतिशत ब्याज दिनेछ। १० वर्षमा उक्त ऋणपत्र परिपक्‍व हुने छ।

यस ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ।

4320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका