जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • ग्लोबल आइएमइ बैंकको नाफा एक अर्ब ११ करोड रुपैयाँ, स्प्रेड ३०% ले कटौतीले आम्दानी प्रभावित

ग्लोबल आइएमइ बैंकको नाफा एक अर्ब ११ करोड रुपैयाँ, स्प्रेड ३०% ले कटौतीले आम्दानी प्रभावित

 ग्लोबल आइएमइ बैंकको खुद नाफा ५.०४ प्रतिशतले बढेको छ। बैंकले एक अर्ब ११ करोड २२ लाख रुपैयाँ नाफा गरेको हो।

बैंकको स्प्रेड दर घटेर खुद ब्याज आम्दानी घटे पनि अन्य आम्दानीमा भएको वृद्धिले नाफामा सुधार भएको हो। बैंकको स्प्रेड दर ५.०३ प्रतिशतबाट घटेर ३.४९ प्रतिशतमा झरेको छ। यही कारण खुद ब्याज आम्दानी ९.८१ प्रतिशतले घटेर २ अर्ब ३३ करोड रुपैयाँमा झरेको छ।

बैंकले यसपाली नोक्सानी व्यवस्थापन रकम राख्नु परेको छ। यसबाहेक सेयर बिक्रीबाट भएको आम्दानीमा सुधार भएको छ। प्रोभिजनिङ पोहोर ५१ करोड ७० लाख रुपैयाँ राखेको बैंकले यसपाली ३३ करोड ४२ लाख रुपैयाँ मात्र राखेकाले खर्च कम भएर नाफा देखिएको हो।

बैंकले सेयर बिक्रीबाट साढे २० करोड रुपैयाँ कमाएको छ। बैंकले व्यापार भने ७ प्रतिशतले बढाएको छ। सर्वसाधारण ऋणीलाई कुल २ खर्ब ५१ अर्ब रुपैयाँ ऋण दिएको छ।

4315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?