जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

हालको खबर

  • होमपेज
  • फोनपेको क्यूआरबाट हुन थाल्यो दिनकै २० करोड रुपैयाँको कारोबार, जोडिए एक करोड ३० लाखभन्दा बढी

फोनपेको क्यूआरबाट हुन थाल्यो दिनकै २० करोड रुपैयाँको कारोबार, जोडिए एक करोड ३० लाखभन्दा बढी

फोनपेको क्यूआर कोड प्रयोग गरी दैनिक करिब २० करोड रुपैयाँ बराबरको कारोबारको हुन थालेको छ। विद्युतीय भुक्तानीमा गेमचेन्जर बन्दै गएको क्यूआर कोड पछिल्लो समय निकै लोकप्रिय भुक्तानीको माध्यम बनिरहेको छ।

तरकारी बजार, डिपार्टमेन्टल स्टोरदेखि रेष्टुरेन्ट तथा अन्य नगद कारोबार हुने क्षेत्रहरुमा क्यूआरकोड प्रयोग आक्रामक रुपमा बढिरहेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार क्यूआर कोडबाट जुनमध्येमा पाँच लाख दुई हजार ६६६ कारोबार भएर झण्डै दुई अर्ब रुपैयाँ भुक्तानी भएको जनाएको छ।

चार लाख ६० हजार भन्दा बढी मर्चेन्ट रहेको फोनपेले अघिल्लो वर्षको तुलनामा २५४ प्रतिशतले मर्चेन्ट बेस बढाएको कम्पनीले जनाएको छ।
साथै, फोनपेको क्यूआर प्रयोग गरी दैनिक ४० हजार हाराहारी कारोबार हुने बताइएको छ।

कम्पनीका अनुसार कुल कारोबार रकमको ८० प्रतिशत मोबाइल बैंकिङ एपबाट र बाँकी २० प्रतिशत कारोबार भोल्युम इसेवा, आइएमइ पे र सेलपेबाट हुने गरेको जनाएको छ।

फोनपे नेटवर्कमा दर्ता हुने प्रयोगकर्ताको संख्या एक करोड ३० लाख नाघिसकेको छ। क्यूआर कोड भुक्तानीको पूर्वाधारदेखि प्राविधिक विकासमा उल्लेखनीय भूमिका एफवान सफ्टअन्तर्गत रहेको कम्पनी फोनपेकै छ।

4115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका