जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सार्वजनिक सम्पत्ति हानीनोक्सानी गर्ने ६ जनाविरुद्ध मुद्दा दायर

सार्वजनिक सम्पत्ति हानीनोक्सानी गर्ने ६ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गर्ने ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । मंगलबार आयोगले सल्यानको कालिमाटी सव–डिभिजन वन कार्यालय कालिमाटीका फरेष्टर जय पृथ्वीराज वुढाथोकी, सहायक वन अधिकृत, वन उपभोक्ता समूहका अध्यक्ष, सप्लायर्ससहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार कालीमाटी गाउँपालिका वडा नं. ३ स्थित महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सवडिभिजन वन कार्यालय, कालीमाटी –३, सल्यानमा कार्यरत फरेष्टरसमेतले रुख कटान गरि बिक्री वितरण गरेको पाइएको आयोगको आरोप छ । साथै उनीहरुले तुल्सीपुर–पुरन्धारा–बोटेचौर सडक–खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी –३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरु कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको आयोगको भनाई छ ।

अख्तियारका अनुसार तुल्सीपुर–पुरन्धारा–वोटेचौर सडक खण्डको स्तरोन्नतिको क्रममा हटाइएका रुखहरुको कटान मुछान तथा निकासी कार्यमा लगत, कटान तथा घाटगद्दी रजिष्टर तयार पारिएको थियो । काठ दाउराको लगत तयार गर्दा घाटगद्दीमा रहेको वास्तविक परिमाणमा भन्दा कम नापजाँच गरी लगत तयार गरी प्रमाणित गरेकोले पाइएको छ । यसबाट उनीहरुले एक लाख ८७ हजार ८७७ रुपैयाँ बराबरको हानिनोक्सानी पुर्याएका छन् ।

उक्त रकम बराबरको विगो कायम गरी उनीहरु ६ जना विरुद्ध नै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । हिनामिना भएको सम्पति असुलउपर हुनसमेत मागदावी लिनु पर्ने आयोगको भनाई छ ।

995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?