जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ११ अर्बभन्दा बढीको हकप्रद सेयर निष्कासन हुँदै, अधिकांश हाइड्रोपावर कम्पनी

११ अर्बभन्दा बढीको हकप्रद सेयर निष्कासन हुँदै, अधिकांश हाइड्रोपावर कम्पनी

विभिन्न क्षेत्रसँग सम्बन्धित ११ वटा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिरहेका छन् ।

नेपाल धितोपत्र बोर्ड(सेबोन) को पाइपलाइनमा हकप्रद सेयर निष्कासनका लागि १० वटा जलविद्युत् कम्पनी र एउटा विकास बैंकले अनुमतिको प्रतिक्षामा छन् । जसअनुसार ती कम्पनीहरु ११ अर्ब रुपैयाँको ११ करोड १६ लाख ८९ हजार ५२५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने योजनामा छन् ।

ती कम्पनीको लामो समयदेखि हकप्रद सेयर निष्कासनको लागि अनुमति पर्खेर बसेका छन् ।छ्याङदी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न भन्दै सेबोनमा निवेदन दिएको छ । उक्त कम्पनी १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने योजनामा छ ।

कम्पनीले ३८ करोड रुपैयाँको ६९ लाख ७७ हजार ५०० रुपैयाँको ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।

यसैगरी सिंगटी हाइड्रो इनर्जीले १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्ने योजना बनाएको छ । कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँको १ करोड ४५ लाख कित्ता हकप्रद जारी गर्नेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

त्यस्तै अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने योजना बनाएको छ । कम्पनीले १ः१ अनुपातमा १ अर्ब ८६ करोड ७६ लाख ६२ हजार ६०० रुपैयाँको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

त्यस्तै, हिमालय ऊर्जा विकास कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैकिंङ क्यापिटल रहेको छ ।

त्यस्तै रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

लिबर्टी इनर्जिले भने ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।त्यस्तै न्यादी ग्रू्रप पावरले १ करोड ८५ लाख१२ हजार ७९२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

यसैगरी आँखुखोला जलविद्युत् कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ठ बैकिङ लिमिटेड रहेको छ ।

त्यस्तै बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार१५० कित्ता हकप्रद सेयर निष्कासन गर्ने योजना बनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ ।

यसैगरी घलेम्दी हाइड्रोले १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

त्यस्तै नारायणी डेभलप्मेन्ट बैंकले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका