जोडिनुहोस
आइतवार, मंसिर २४, २०८०
आइतवार, मंसिर २४, २०८०
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सको नाफा २७ करोड ६५ लाख

Breaking News

सगरमाथा इन्स्योरेन्सको नाफा २७ करोड ६५ लाख

खुद बीमा शुल्क एक अर्ब माथि

सगरमाथा इन्स्योरेन्सको नाफा २७ करोड ६५ लाख

सगरमाथा इन्स्योरेन्सले २७ करोड ६५ लाख रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा एक अर्ब एक करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १४ करोड ९३ लाख रुपैयाँले बढी हो।

अघिल्लो आर्थिक वर्षको यस अवधिमा इन्स्योरेन्सले ८६ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ३१ करोड ८६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ८ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सको खुद बीमा शुल्क १७.२७ प्रतिशतले वृद्धि भएर एक अर्ब एक करोड रुपैयाँ कमाएको भएपनि खुद नाफा भने घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा इन्स्योरेन्सको खुद नाफा ७ करोड ११ लाख रुपैयाँले घटेर २७ करोड ६५ लाख रुपैयाँमा सीमित भएको हो। अघिल्लो वर्ष इन्स्योरेन्सले ३४ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ८६ प्रतिशत बोनस वितरण गरेर चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ पुर्याएको छ। यस्तै कम्पनीको जगेडा कोषमा ३४ करोड ३२ लाख, बीमा कोषमा ४८ करोड ८७ लाख, महाविपत्ती काेषमा ८ करोड ७ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले एक लाख ४९ हजार ६९२ वटा बीमालेख जारी गरी हाल सम्म दूई अर्ब १७ करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधि सम्ममा इन्स्योरेन्सले ६ हजार ५१ कुल दाबी वापत ९५ करोड ६१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने दुई हजार ७४५ दाबीवापत ८५ करोड ७२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।

यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात २१.९० गुणा बढी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका