जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए उजुरी गर्नुस्ः राष्ट्र बैंक

लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए उजुरी गर्नुस्ः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन अनुरोध गरेका छन्। सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बौल्दै कार्यकारी निर्देशक नेपालले उक्त कुरा बताएका हुन्।

नेपालले स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीयस्तरमा समस्या बढी बढ्दै गएको बताएका छन्। पछिल्ला दिनमा लघुवित्तले ऋणीहरुको घरबारै उठाइदिएको घटनाहरु सार्वजनिक भएपछि राष्ट्र बैंकले मुख खोलेको हो। नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न पनि आग्रह गरेका छन्। यस्तै, नेपालले पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरुले खराब काम गरेको भन्दै करेक्शन गर्ने पनि बताएका छन् ।

यस्तै उनले एउटा लघुवित्तबाट ऋण लिएर अर्को लघुवित्तबाट लिएको ऋण तिर्ने प्रक्रिया बढेपछि नेपाल राष्ट्र बैंकले एउटा ग्राहकलाई सकेसम्म एउटा वा बढीमा दुइ वटा लघुवित्तमा मात्र आबद्ध हुन पाउने व्यवस्था गर्न लागेको पनि बताए ।

नेपालले पछिल्लो समय आएको केही लघुवित्त कम्पनीहरु मुख्य उद्देश्यबाट बिमुख भएर सञ्चालन भएको बताउँदै उनले भने–‘५–१० प्रतिशत लघुवित्तहरु डिपार्चर भएका छन् । यिनीहरुलाई करेक्सन गर्नुपर्छ । अहिले लघुवित्तहरु कमर्सियलाइज भएका छन् । केही शेयरका खेलाडीहरु यसमा पसेर यसलाई बिगारेका छन् । यसमा राष्ट्र बैंक सहमत छ ।’

लघुवित्त भनेका स्वनियममा चल्ने संस्था भएको हुनाले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई जसरी टाइट रेगुलेसनमा लघुवित्तलाई नराखिने उनले प्रष्ट पारे । लघुवित्त संस्थाहरुले पछिल्लो समय उक्साहटमा ऋण दिएर तिर्न नसक्ने अवस्था आएको बताउँदै धेरै लघुवित्तका ऋणीले ऋण नतिर्ने बताइरहेको बेला कार्यकारी निर्देशक नेपाले भने –‘धेरै भड्किएर ऋणहरु मिनाहा नै हुन्छ भनेर तपाईहरु पछि लाग्नुभयो भने तपाईहरु गल्तीमा हुनुहुन्छ भ्रमममा हुनुहुन्छ । त्यतातिर सोच्दै नसोच्नुहोला ।

1515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका