जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एशियन लाइफको एकै पटक दुई शाखा कार्यालय उद्घाटन

एशियन लाइफको एकै पटक दुई शाखा कार्यालय उद्घाटन

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले सोमबार एकै पटक दुई वटा शाखा कार्यलाय सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले काठमाण्डौंको नयाँ बानेश्वर र चाबहिलको चुच्चेपाटीमा क्रमशः ४१ औं र ४२ औं शाखा सञ्चालनमा ल्याएको हो ।

कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालय उद्घाटन गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र बागमती प्रदेश प्रमुख लोकराज जोशीको समेत उपस्थितिमा शाखा कार्यालय उद्घाटन गरिएको हो ।

यो सँगै यस कम्पनीको शाखा संख्या ४२ र उपशाखा संख्या १०६ पुगेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा काठमाण्डौं उपत्यकाभित्र थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने यस कम्पनीको लक्ष्य रहेको छ ।

कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन, म्यादी सहित २३ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । २०७८ असार समान्तसम्ममा यस कम्पनीको जीवन बीमा कोष २६ अर्ब २५ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

2500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका